दफा १४८
व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नाे बनाउन नहुने

(१) कसैले कुनै सार्वजनिक सम्पदा दर्ता गरी वा नगरी निजी बनाउन वा त्यस्तो सम्पदाको सार्वजनिक भोग चलनमा कुनैकिसिमले बाधा अवरोध गर्न वा अन्य कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्न वा त्यस्तो सम्पदालाई कुनैकिसिमले हानि, नोक्सानी वा क्षति पुर्याउन हुँदैन।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सार्वजनिक सम्पदा” भन्नाले देहायबमोजिमका सम्पदा सम्झनु पर्छः–
(क) परापूर्वदेखि सार्वजनिक रुपमा हिँडी आएको बाटो,
(ख) सार्वजनिक रुपमा भोग चलन हुदै आएको सडक, गौचर, पानीघाट, चिहान, मसानघाट, धारो, पधेरो, कुवा, पोखरी,पोखरीको डिल, खानेपानीको मूल, नहर, कुलो, गाईवस्तु चराउने चौर वा निकाल्ने निकाश,
(ग) हाट बजार लाग्ने स्थान,
(घ) देवस्थल, मठ, मन्दिर, स्तुप, गुम्वा, मस्जिद वा गिर्जाघर,
(ङ) पाटी, पौवा सत्तल, चौतारो,
(च) ऐतिहासिक मूर्ति, शालिक, साँस्कृतिक स्तम्भ वा स्मारक,
(छ) धार्मिक वा साँस्कृतिक कार्य वा समारोह गर्ने ठाउँ,
(ज) नेपाल सरकारले तोकेको राष्ट्रिय वन वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहकोे स्वामित्व रहेकोवन वा त्यसको कुनै अंश ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिबाना वादुवै सजाय हुनेछ ।
(३) उपदफा (१) बमोजिमको सार्वजनिक सम्पदा कसैको नाममा दर्ता वा नामसारी भइसकेको भए सो समेत स्वतः बदर हुनेछ ।